पियोर इनर्जीले आईपीओ निष्कासन गर्न पायो अनुमति
Last updated at 07:26 am
पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।उक्त कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको हो ।
कम्पनीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट शुक्रबार स्वीकृति पाएको हो ।शेयर निष्काासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड छ ।
यससँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ ।दोस्रो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गरिनेछ । त्यसपछि मात्र कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
पियोर इनर्जी गोल्यान ग्रूप अन्तर्गतको कम्पनी हो जसले नेपालगञ्जमा २० मेगावाटको सोलार आयोजना सञ्चालन गरिरहेको छ ।
Visited 22 times, 1 visit(s) today