आशा लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा
Last updated at 10:14 am
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।गत कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो
कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ९ दशमलव ५ प्रतिशत बोनस र लाभांशमा लाग्ने कर शून्य दशमलव ५ प्रतिशत छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
Visited 15 times, 1 visit(s) today
