सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो २० प्रतिशत नगद लाभांश
Last updated at 10:13 am
सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको २० प्रतिशत (करप्रयोजनसहित) नगद लाभांश घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् । कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ छ ।
Visited 13 times, 1 visit(s) today
