सम्पदा लघुवित्तले लाभांश नदिने
Last updated at 12:45 pm
सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । गत फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
बैठकले गत असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुलाई अन्तिम स्वीकृति दिन नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
उक्त कम्पनी केहि समयअघि मात्र साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकीकृत भएर बनेको थियो ।
Visited 1 times, 1 visit(s) today