साताको शेयर समीक्षा : बढेको बजार अब कता जाला ?
Last updated at 07:17 am
यो साता धितोपत्र बजार २ दशमलव ४२ प्रतिशतले बढेको छ ।
गत साता २ हजार ६७८ मा रहेको नेप्से परिसूचक यो साता २ हजार ७४३ विन्दुमा बन्द भएयो साता धितोपत्र बजार २ दशमलव ४२ प्रतिशतले बढेको छ । गत साता २ हजार ६७८ मा रहेको नेप्से परिसूचक यो साता २ हजार ७४३ विन्दुमा बन्द भएको छ ।
यो साता चार दिन मात्रै कारोबार भएको छ। यो साता चारै दिनमा नेप्से परिसूचकमा वृद्धि भएको देखिन्छ ।पहिलो दिन आइतबार १९ दशमलव ५६ अंकले बढेको बजार सोमबार पनि २९ दशमलव ८७अंकले बढेको थियो । यसैगरी, बजार मंगलबार पनि १२ दशमलव ६८ अंकले बढ्यो भने बिहीबार पनि बजार ३ दशमलव १४ अंकले बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार बजार बढ्दो क्रममा रहँदा कारोबार रकम पनि बढ्ने गरेको देखिन्छ । गत आइतबार ९ अर्ब ४७ करोड कारोबार भएकोमा सोमबार १० अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसैगरी, तेस्रो कारोबार दिन मंगलबार १० अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा अन्तिम कारोबार दिन बिहीबार ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको भएको थियो ।
यसैगरी, यो साता ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८० प्रतिशत बढेर ४५७ दशमलव ९८ विन्दुमा पुगेर बन्द भएको छ ।
यो साता बजार बढे पनि कुल कारोबार रकम घटेको छ । नेप्सेका अनुसार गत साता ३९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ३८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको ७ करोड २९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।गत साताभन्दा यो साता कुल कारोबार रकम ६५ करोड ९६ लाख रुपैयाँभन्दा बढीले घटेको हो ।
त्यस्तै यो साताको कारोबारमा कुल बजार पूँजीकरण पनि वृद्धि भएको छ ।यो साता बजार पूँजीकरण १ खर्ब ८ अर्ब ३५ करोड ४० लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। गत साता ४४ खर्ब ४६ अर्ब ४६ करोड ११ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता ४५ खर्ब ५४ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।
साताको चार कारोबार दिनमा सबैभन्दा बढी सकारात्मक सर्किट लाग्नेमा धेरैजसो लघुवित्त कम्पनीहरू छन् । साताको चार कारोबार दिन मध्ये तीन कारोबार दिनमा नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार रकम उच्च थियो । साताको पहिलो कारोबारका दिन बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
पछिल्लो तीन कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ६४ लाख, मंगलवार साढे ५१ करोड भन्दा बढी र बिहीबार ६५ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
हुन त नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा नेपाल परेता पनि बढेको धितोपत्र बजारलाई असर पर्ने हो कि भन्ने चिन्ता पनि छ । एफएटीएफको बैठकको निर्णय अनुसार नेपाल आगामी दुई वर्षका लागि ग्रे लिस्टमा रहने छ। यसको अर्थ नेपालले यो अवधिमा महत्वपूर्ण कामहरु गर्नु पर्दछ । तर पनि लगानीकर्ताहरु नेपालको धितोपत्र बजारमा अन्तरराष्ट्रिय लगानीकर्ताहरु नभएकाले यसको असर नदेखिने बताउँछन्।
त्यसो त लामो समयदेखिको वित्तीय प्रणालीमा रहेको पर्याप्त तरलता र घट्दो निक्षेपको ब्याजदरको प्रभाव धितोपत्र बजारमा सकारात्मक रूपमा परेको देखिएको छ । यो साता लगानकर्ता अझै उत्साहित बनेको देखिन्थ्यो।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा ल्याउने चर्चा बाहिरिएसँगै धितोपत्र बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । यो साता बजार वृद्धिसँगै शयर बजारले आगामी साता पुरानै लय समात्ने संकेत समेत गरेको छ ।