पियोर इनर्जीको आईपीओ फागुन २० गतेदेखि निष्कासनमा
Last updated at 04:01 pm
पियोर इनर्जीले आगमी फागुन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीलाई सर्वसाधारणलाई जारी हुने जारी पूँजीको १८ प्रतिशतले हुन आउने १४ लाख ४० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ४४ हजार कित्ता शेयर निष्कासन गर्नेछ।
आयोजना प्रभावितले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार २०० कित्ताका लागि खरिद आवेदन दिन सकिने छ।
कम्पनीको आईपीओमा आगामी चैत ५ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
स्थानीयले भने बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, कोहलपुर र नेपालगन्जस्थित नबिल बैंक र लक्ष्मी सनराइज बैंकका शाखा, खजुरास्थित सिद्धार्थ बैंकको शाखा तथा चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारस्थित कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन्।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड छ ।यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
पियोर इनर्जी गोल्यान ग्रूप अन्तर्गतको कम्पनी हो जसले नेपालगञ्जमा २० मेगावाटको सोलार आयोजना सञ्चालन गरिरहेको छ ।