नेको इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन शुरु
Last updated at 01:11 pm
नेको इन्स्योरेन्स कम्पनीले आज अर्थात् बिहीबारदेखि हकप्रद शेयर निष्कासनमा ल्याएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०दशमलव २५ अनुपातमा अंकित मूल्य १०० रुपैयाँमा ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय,सानिमा क्यापिटल,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै शेयरनीले सीडीएससीको मेरो शयरबाट पनि अनलाइन आवेदन सक्नेछन्।
कम्पनीले न्यूनतम पूँजी कायम गर्न र कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुर्याउने उद्धेष्यले हकप्रद शेयर निष्कासन गर्न लागेको विवरणपत्रमा उल्लेख छ ।उक्त हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गतेसम्म छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गत माघ १८ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै यो हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ छ। हकप्रद निष्कासन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ। हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७८० रुपैयाँ छ ।