जीआई सोलारले आईपीओ निष्कासनका लागि दियो धितोपत्र बोर्डमा निवेदन
Last updated at 04:43 pm
जीआई सोलार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले हालै मात्र नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको आईपीओ ल्याउने छ । कम्पनीले १०० रुपैयाँ अंकितमूल्यमा कुल १३ लाख ६३ हजार ३६० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट लिमिटेड छ।
कम्पनीले मोरङको बुढीगंगा गाउँपालिकामा ६ दशमलव ७ मेगावाट सौर्य ऊर्जा उत्पादन आयोजना निर्माण गरिरहेको छ ।उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७९ चैतदेखि नै केन्द्रीय प्रणालीमा जोडिइसकेको छ ।कम्पनीको स्थिर पूँजी ४९ करोड २५ लाख रुपैयाँ छ ।
Visited 1 times, 1 visit(s) today