अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर यथावत
Last updated at 06:25 pm
वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
जसअनुसार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा वाणिज्य बैंकमध्ये १८ वटाले माघ महिनाकै ब्याजदरलाई कायम राखेका छन् ।
गत पुस महिनामा भने १४ वटा बैंकको ब्याजदर स्थिर थियो भने मंसिर महिनामा आठ वटा बैंकले स्थिर राखेका थिए भने ११ वटा बैंकले घटाएका थिए । विगतका महिना अत्यधिक घट्दै गएको ब्याजदर पछिल्ला दुई महिनादेखि भने घट्ने क्रम रोकिएको छ ।
गत माघमा औषतमा ६ दशमलव ००१ प्रतिशत विन्दुमा रहेको ती कम्पनीहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा पनि ६ दशमलव ००१ प्रतिशत विन्दु नै छ। २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको कारणले पनि औषत ब्याजदर स्थिर रहन पुगेको हो।
लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले घटाएका हुन्।
एनएमबी बैंकले पनि फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । कम्पनीले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव ६० प्रतिशत र संस्थागततर्फ ५दशमलव ६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
ग्लोबल आइएमई बैंकले फागुन महिनाका लागि ब्याजदर बढाएको छ । कम्पनीले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ । माघ महिनाका लागि भने कम्पनीले व्यक्तिगत निक्षेपतर्फ ५ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेका हुन् । अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान छ । पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । जसको कारण बैंकहरूले ब्याजदर स्थिर राखेका छन् ।