नबिल बैंकद्वारा लाभांश घोषणा
Last updated at 07:08 pm
नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १२ दशमलव ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।
गत मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलेपाउने छन् ।कम्पनीको चुक्तापूँजी २७ अर्ब ६ करोड रुपैयाँ छ ।
Visited 10 times, 1 visit(s) today
