वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासित नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट
Last updated at 08:10 am
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले विदेशमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता शेयर माघ २९ गते बाँडफाँट गरेको हो ।आईपीओमा रितपूर्वक ४५ हजार ९०६ आवेदनहरु मध्ये २२ हजार ५०० जना आवेदकहरुलाई शेयर बाँडफाँट गरेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
Visited 1 times, 1 visit(s) today