स्वरोजगार लघुवित्तले एफपीओ निष्कासन गर्न पायो अनुमति
Last updated at 07:34 am
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासन गर्न माघ २७ गते अनुमति पाएको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ ।
कुनै कम्पनीले आईपीओ जारी गरेपछि पूँजी बढाउन तथा मर्जरपछि शेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्नुपर्दछ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीको कुल चुक्तापूँजीको ७० प्रतिशत शेयर संस्थापकतर्फ र ३० प्रतिशत शेयर सर्वसाधारणतर्फ हुनुपर्ने प्रावधान छ।
Visited 1 times, 1 visit(s) today