मार्जिन कारोबारका लागि १०२ कम्पनीमात्र योग्य [सूचीसहित]
Last updated at 10:09 am
बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।
नेप्सेले १० वटा कम्पनी घटाएर सूची सार्वजनिक गरेको हो। मंगलबार सार्वजनिक गरिएको सूचीमा १०२ वटा कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य मानिएका छन्। यसअघि २०८० माघमा नेप्सेले ११२ वटा कम्पनीहरुलाई मार्जिन कारोबार गर्नका लागि स्वीकृति दिएको थियो।
हाल नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनी सूचीकृत छन् ।मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।
मार्जिन कारोबारयोग्यको सूचीबाट यसअघि समावेश रहेका प्राइम कमर्सियलसहित तीन वाणिज्य बैंक बाहिरिएका छन् भने विकास बैंकमा ज्योति विकास बैंक र कामना सेवा विकास बैंक पनि छैनन् । त्यसैगरी, वित्त कम्पनीमा आइसीएफसी फाइनान्स मात्र मार्जिन कारोबारयोग्य कम्पनी बनेको पाइएको छ ।
हेर्नुहोस् सूचीकृत कम्पनीको सूची :