एनएमबि बैंकले सञ्चालनमा ल्यायो रुकुमको आठविसकोटमा नयाँ शाखा
Last updated at 07:09 pm
एनएमबि बैंकले रुकुमको आठविसकोटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ।
सोमबार आयोजित कार्यक्रममा आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् ।
सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।आठविसकोट शाखामार्फत स्थानीय,सर्वसाधारण,व्यावसायिक फर्म,कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।
आठविसकोट शाखासहित कम्पनीले हाल देशभरी २०२ शाखाहरु,१८६ एटीएमहरु र १० एक्सटेन्सन काउन्टरहरु सञ्चालन गदै आइरहेको बताएको छ ।
Visited 1 times, 1 visit(s) today