सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा पर्सामा ७० जनालाई कम्बल वितरण
Last updated at 06:15 pm
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मधेश प्रदेशका पर्सा जिल्लामा न्यानो कम्बल बितरण गरेको छ ।
कम्पनीले गत पुस ७ गते सोमबारका दिन पर्सा जिल्लाको पकाहमैनपुर गाउँ पालिका- ४ मा विभिन्न वर्गका ७० जनालाई कम्बल वितरण गरेको हो ।
सो अवसरमा वडा नं ४ का वडा अध्यक्ष भेडी प्रसाद यादव,नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने, शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहानको उपस्थिति थियो ।
Visited 10 times, 1 visit(s) today
