दोश्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले कमायो खुद नाफा ३ अर्बभन्दा बढी
Last updated at 09:51 am
ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीको खुद नाफा ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ।
उक्त अवधिसम्ममा कम्पनीले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा भने कम्पनीले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले धेरै हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी चाहिं १७.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ।
खुद ब्याज आम्दानी घटेता पनि इम्पेरमेन्ट चार्ज घटेकाले कम्पनीको खुद नाफा बढ्न पुगेको छ।समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ।
जसका कारण कम्पनीको सञ्चालन मुनाफा ४७.८८ प्रतिशतले बढेको छ।त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ।उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ छ।
कम्पनीको रिजर्भ कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९दशमलव ५८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा छ। कम्पनीको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ ।