नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाले दिए आवेदन
Last updated at 12:18 pm
नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि १४ जनाले आवेदन दिएका छन् ।
प्राधिकरणको अध्यक्ष सिफारिस समितिले गत भदौ १३ गते सात दिनको अवधि राख्दै दरखास्त माग गरेकोमा १४ जनाले आवेदन दिएका हुन् । समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको छ ।
यसअघि प्राधिकरणका अध्यक्ष शरद ओझालाई गत भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त गरेपछि अध्यक्ष पद रिक्त छ ।
अध्यक्ष पदका लागि आवेदन दिनेमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा राजेन्द्र पण्डित, डा दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकी छन् ।
Visited 26 times, 1 visit(s) today
