नेपाल पुनर्बीमाले कमायो ६ करोड बढी नाफा
Last updated at 10:31 am
नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमास (साउनदेखि असोज महिना) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार उक्त अवधिमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिसम्ममा भने उक्त कम्पनी ४७ करोड ५६ लाख रुपैयाँ घाटामा थियो।
समीक्षा अवधिसम्ममा १ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३८ दशमलव ४२ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी पनि १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, उक्त अवधिसम्ममा कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
त्यस्तै, कम्पनीले १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ४३ करोड ४७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। यो गत आवको सोही अवधिको तुलनामा ३३ दशमलव ५५ प्रतिशतले बढी हो।
समीक्षा अवधिसम्ममा कम्पनीको महाविपत्ती कोषमा ३२ करोड ७२ लाख छ । यसैगरी, कम्पनीको रिजर्भ कोषमा ५५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव ४७ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १४५ दशमलव ५४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १ हजार ७६० दशमलव शून्य ३ गुणा छ ।
कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी छ ।साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १८८रुपैयाँ छ ।