नेपाल बैंकले लाभांश वितरण नगर्ने,शेयरधनीको हात खाली
Last updated at 11:48 am
नेपाल बैंकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
गत पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो।
यसैगरी, कम्पनीले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
र कम्पनीले त्यहाँबाट स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने उल्लेख गरेको छ।कम्पनीले अघिल्लो आर्थिक वर्षमा पनि लाभांश वितरण नगरेर शेयरधनीको हात खाली गराएको थियो ।
Visited 1 times, 1 visit(s) today