प्रभु बैंकको वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालकसमेत चयन
Last updated at 10:32 am
प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आव २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ ।
साथै, सभाले प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको २०८०/०८१ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ।
सभाले संस्थापक समूहका अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, बृष बहादुर बस्नेत र सर्वसाधारण समूहका सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की समेत ६ जना सञ्चालकलाई आगामी चार वर्षका लागि निर्वाचित गरेको छ ।
कम्पनीले बैंकिङ्ग सञ्जाललाई विस्तारित गर्दै ७९ वटा एक्स्टेन्सन काउण्टर, २८६ वटा एटीएम र ३११ वटा शाखा कार्यालयहरूसहित ३५ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको माध्यमबाट बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको बताएको छ ।