एनआईसी एशिया बैंकको लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सञ्चालनमा
Last updated at 05:30 pm
एनआईसी एशिया बैंकले लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिने उद्धेष्यले एक अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ ।
कम्पनीले बैंकिङ सम्पत्तिहरु,बैंकको नाममा रहेको गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको हो ।
यस अनलाईन पोर्टलमा लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको कम्पनीले बताएको छ।
यसको लागि ग्राहकहरुले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआरकोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गूगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन् ।