माघ महिनाका लागि वाणिज्य बैंकको ब्याजदर सार्वजनिक,कसको कति ?
Last updated at 07:13 pm
विभिन्न वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्।
२० वटा वाणिज्य बैंकहरुले सोमबार प्रकाशित गरेको ब्याजदरको सूचना अनुसार अधिकांश बैंकहरुको माघ महिनाको ब्याजदर पनि गत पुस महिनाकै कायम छ ।
सार्वजनिक सूचना अनुसार ती बैंकमध्ये १७ वटा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले मात्र बढाएको छ।
नेपाल एसबिआई बैंक र कृषि विकास बैंकले गत पुष महिनाको तुलनामा माघ महिनामा ब्याजदर घटाएको छ भने लक्ष्मी सनराइज बैंकले बढाएको छ।
नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा कायम गरेको छ । त्यस्तै कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट ५.५१ कायम गरेको छ।
उता लक्ष्मी सनराइज बैंकले भनेव्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत कायम गरेको छ ।
पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशत विन्दु घटेको छ।