हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २४ करोड नाफा
Last updated at 06:42 pm
हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो अपरिष्कृत त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा ८ दशमलव ६ प्रतिशतले बढेको छ ।
चालू आवको पहिलो त्रैमासिक अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा खुद प्रिमियम आम्दानी ९ दशमलव ३ प्रतिशतले बढेको छ । यसैगरी, कम्पनीको खुद प्रिमियम आम्दानी पनि १ अर्ब १ करोड रुपैयाँ छ ।
यसैगरी, लगानी वापतको आम्दानी समीक्षा अवधिमा २३ करोड ३९ लाख रुपैयाँ छ । त्यसैगरी, कम्पनीको सञ्चित आम्दानी ९९ करोड ८१ लाख रुपैयाँ छ । त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीको विपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ छ ।
त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५ पैसा छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९८ पैसा छ । कम्पनीको चुक्तापूँजी १० अर्ब ८६ करोड रुपैयाँ छ । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७९० रुपैयाँ ६० पैसा छ ।
