कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
Last updated at 07:58 pm
कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित सभाले
आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।सभाको अध्यक्षता कम्पनीका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाले गरेका थिए ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको उक्त कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।