नेपाल लाइफ इन्स्योरेन्सका ९५अभिकर्ता सम्मानित
Last updated at 10:40 am
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड–२०२५ आयोजना गरेको छ ।
हालै काठमाडौंमा आयोजित कार्यक्रममा सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी–२०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले बताएको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीण रमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता रहेको भन्दै उनले अभिकर्ताहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको बताए ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तरराष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाइ हुन सफल अभिकर्ताहरूलाई अन्तरराष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन आग्रह गरे ।
सीओटी हुन सफल माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन र उत्प्रेरणाले नै गर्दा सीओटी बन्न सफल भएको बताए ।पेसागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले क्वालिफाइड एमडीआरटीलाई धन्यवाद तथा बधाई ज्ञापन गरे । त्यसैगरी, पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद दिए ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले एमडीआरटी क्वालिफायरलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनमा काम गर्न थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।