एनएमबि बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि
Last updated at 06:46 pm
एनएमबि बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ।
प्रकाशित वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४५.६१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा भने कम्पनीले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ छ । यसैगरी, कम्पनीको रिजर्भ कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.७२ प्रतिशतले बढेको छ ।त्यस्तै खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ छ ।कम्पनीको कुल सञ्चालन आम्दानी १४.२८ प्रतिशत बढेको छ।
यसैगरी, उक्त अवधिसम्ममा कम्पनीको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयरआम्दानी २१दशमलव ८२ रुपैयाँ छ। समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९दशमलव १० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०.९५ गुणा छ।कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ ।