मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [ पूर्णपाठसहित ]
Last updated at 09:07 am
नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो ।
हाल असल कर्जाको १ दशमलव १० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ दशमलव ० प्रतिशत कायम गरिने मौद्रिक नीति समीक्षामा उल्लेख छ । यस्तै बैंकहरुको लगानीको वैकल्पिक क्षेत्रमा पनि लचकता अपनाएको छ । बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा लगानीको वैकल्पिक क्षेत्रमा केही लचकता अपनाएको हो ।
बैंकहरुले अब नन्डेलिभरेबल फरवार्डमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । ‘नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पूँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ’ मौद्रिक नीति समीक्षामा उल्लेख छ ।
यसैगरी, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत विद्युतीय सवारीसाधन(ईभी) खरिदलाई भने बैंकिङ सुविधामा असहज बनाइदिएको छ ।
ईभीको ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारिएको छ।यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनमा भने थप सहज बनाएको छ । यसअघि सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्याइएको हो ।
पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन र ईभीको ऋण मूल्य अनुपात बराबर भएको छ ।
पढ्नुहोस पूर्णपाठ :