नेपाल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि, सञ्चित आम्दानी १ अर्ब ३९ करोड
Last updated at 08:41 am
नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । जसअनुसार सो अवधिमा कम्पनीको खुद नाफा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँले खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशतले बढेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ११ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा चालू आवको पहिलो त्रैमासमा १३ अर्ब ३६ करोड रुपैयाँ छ । यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीको विपत्ति कोषमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।
त्यस्तै कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा छ ।
कम्पनीको चुक्तापूँजी ९ अर्ब २ करोड रुपैयाँ छ । गत बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८०१ रुपैयाँ छ ।
