सर्वोत्तम सिमेन्टको नाफा १ अर्ब, अन्य वित्तीय सूचक यस्ता छन्
Last updated at 10:29 am
सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ।
उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले १ अर्ब ४५ लाख खुद नाफा कमाएको छ।अघिल्लो आवको अन्त्यसम्ममा कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो कम्पनीको यस्तो नाफा चालू आवको अन्त्यसम्ममा ५७२ दशमलव ५२ प्रतिशतले बढी हो । बिक्री आम्दानी बढेकाले कम्पनीको खुद नाफा उल्लेख्य बढेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९ अर्ब ५५ करोड रुपैयाँ छ। त्यस्तै, कम्पनीको कुल नाफा १७३ दशमलव शून्य १ प्रतिशतले बढेको छ भने अन्य आम्दानी पनि २१८ दशमलव शून्य २ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब ७१ करोड अल्पकालिन र ९ करोड ९७ लाख दीर्घकालिन कर्जा लिएको छ ।
यसैगरी, कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ १९ पैसा छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ छ।
कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ छ । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९१४ रुपैयाँ छ ।