एभरेष्ट बैंकको नाफा ४ अर्ब ११ करोड, यस्ता छन् वित्तीय सूचक
Last updated at 10:37 am
एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२ दशमलव ८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि भएकाले कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ छ । यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ छ । त्यस्तै कम्पनीको वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ छ ।
असार मसान्तसम्ममा कम्पनीले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । कम्पनीको रिर्टन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा शून्य दशमलव ३८ प्रतिशत छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा छ भने मूल्य आम्दानी अनुपात १८ दशमलव ४७ गुणा छ ।
कम्पनीको चुक्तापूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ छ । कम्पनीको शेयरमूल्य धितोपत्र बजारमा प्रतिकित्ता ७११ रुपैयाँ छ ।