सपोर्ट लघुवित्तको नाफा १४८.३७ % ले वृद्धि, यस्तो छ अन्य वित्तीय सूचक
Last updated at 08:53 am
सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफामा सुधार आएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १४८ दशमलव ३७ प्रतिशतले बढी हो ।अघिल्लो आवको उक्त अवधिसम्ममा कम्पनीले १ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ७७ दशमलव ४६ प्रतिशतले बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यसका साथै कम्पनीको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीको सञ्चान मुनाफा १ करोड ३३ लाख रुपैयाँ रहेकोमा हाल बढेर ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, कम्पनीको रिभजर्म कोष पनि बढेर ६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खराब कर्जा अनुपात १ दशमलव ४७ प्रतिशतबाट बढेर १ दशमलव ६४ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ४१ करोड ५४ लाख निक्षेप संकलन गरेर १ अर्ब ८४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी ३३ दशमलव ३७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५२ दशमलव ७९ रुपैयाँ छ ।
यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ७१ दशमलव ८० गुणा छ ।कम्पनीको चुक्तापूँजी १२ करोड २४ लाख ४३ हजार रुपैयाँ छ।