एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर
Last updated at 11:45 am
एशियन थाई फुड्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।जसका लागि कम्पनीले हिमालय सेक्युरिटिज बैंकरलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले सो कार्यको लागि हस्ताक्षर समारोहमा कम्पनीको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको सहभागिता थियो ।
उक्त सम्झौतापछि कम्पनीले नयाँ व्यवसायिक यात्रा तथा व्यापार विस्तारमा थप सहयोग हुने अपेक्षा लिएको बताएको छ।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
उता एशियन थाई फुड्सले चाउचाउ तथा स्न्याक्स अग्रणी उत्पादक तथा निर्यातकर्ताले हाल ३० भन्दा बढी देशहरुमा निर्यात तथा बिक्री बिस्तार गरेको छ ।
एशियन थाई फुड्सका प्रमुख उत्पादनहरु रमफ, टुपीएम तथा प्रीती चाउचाउ गुणस्तर तथा स्वादको रुपमा परिचित छ ।