आयल निगमले कमायो ९ अर्ब ५५ करोड नाफा
Last updated at 11:46 am
नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको शुक्रबार आयोजित ४३औंवार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।यसैगरी,निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ८३ करोड सञ्चित नाफा आर्जन गरेको छ।
निगमले गत आवमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेकामा ३ खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।
निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको बताएको छ । सभाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ।निगमले लाभांशबापत १ अर्ब १० करोड रुपैयाँ वितरण गर्ने छ । कम्पनीको चुक्तापुँजी ११ अर्ब रुपैयाँ छ ।
पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाउँदै आइरहेको छ ।