अर्थ मन्त्रालयद्वारा सरोकारवालासँग बजेटमा सुझाव माग
Last updated at 10:46 am
अर्थ मन्त्रालयले सरोकारवालासँग आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ । मन्त्रालयले २०८२ को वैशाख मसान्तभित्र पठाउने गरी सुझाव मागेको हो ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी ०८२ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न संघ–संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आमनागरिकमा हार्दिक अनुरोध गरिन्छ ।’
सुझाव प्राप्त भएपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यसे छलफलका बीचमा सरोकारवाला निकायले दिने सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बजेट लेखनको काम शुरु हुनेछ ।