भारतबाट थप ६०० मेवा विद्युत् ल्याउने तयारी
Last updated at 07:48 pm
भारतबाट थप ६०० मेगावाट(मेवा) विद्युत् ल्याउने तयारी भइरहको छ । ऊर्जा मन्त्रालयका अनुसार मुुलुकमा थप चार घण्टा विद्युत् ल्याउने गरि भारतसँग सहमति भएको छ।
इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत दिएको मन्त्रालयको भनाइ छ।उक्त विद्युत् ढल्केवर(मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने छ ।
हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् विद्युत उपलब्ध गराउँदै आएको छ।सरकारको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको हो।
नेपालमा सुख्खायाममा हुने विद्युत समस्याको समाधानका लागि भारत सरकारसँग सरकारले थप विद्युत् माग गरेको हो ।हाल उद्योगहरूमा दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको छ।
सुक्खा मौषमका कारण विद्युत् उत्पादनमा कमी आएको छ। सरकारले यस्तो अवस्थाका बीच लोडसेडिङ हुन नदिन भारतबाट विद्युत् खरिद गर्ने निर्णय गरेको बताएको छ ।
नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको छ। तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६०० मेगावाट विद्युत् दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो।