उत्पादकत्व कम भएकाे हुँदा श्रमिकको तलब बढ्न सकेन : अध्यक्ष ढकाल

Last updated at 01:27 pm
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादकत्व कम हुँदा श्रमिकले उचित पारिश्रमिक नपाइरहेको बताएका छन् ।
काठमाडौंमा सोमबारबाट शुरु भएको पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रमुख रुपमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्र रहेकाे बतनए।
उनले भने – उद्योग ब्यवसाय बढाउने वातावरण बने मात्रै रोजगारी सिर्जना हुन्छ । तब मात्रै सोचे अनुसार पारिश्रमिक दिन सकिन्छ ।’
रोजगारी सिर्जना गर्ने, पुर्वाधार बनाउने, राजस्व बढाउने र उचित तलव दिन गरी सबै पक्ष एकठाउँमा उभिनुपर्ने उनले बताए ।
उनले सामाजिक सुरक्षा कोषमा जम्मा गरिएको रकमलाई सुरक्षित हिसाबले रोजगारी सिर्जना गर्ने गरी लगानी गर्न आवश्यक रहेकाे पनि बताए ।
Visited 1 times, 1 visit(s) today