सेवामूलक क्षेत्रमा सक्रिय आइएमई ग्रूप उत्पादनमूलक उद्योगमा प्रवेश
Last updated at 05:39 pm
मुलुकमा व्यावसायिक घरानाको रुपमा ख्यातीप्राप्त आइएमई ग्रूप लामो समयदेखिको गृहकार्यपछि उत्पादनमूलक उद्योगमा प्रवेश गरेको छ ।
यसअघि सेवामूलक क्षेत्रमा सक्रिय रहेको आइएमई ग्रूपले महोत्तरी र रौतहटमा दुई उद्योगमा लगानी विस्तार गरेको छ । उक्त ग्रूपले महतरीको गौशालामा पेपर उत्पादन उद्योग र रौतहटको फतुवा विजयपुरमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरिरहेको छ ।
आइएमईले महोत्तरीमा करिब २ अर्ब रुपैयाँ लगानीमा नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिज स्थपना गरेको छ । यसैगरी, रौतहटको विजयपुर फतुवामा ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग स्थापना गरिएको छ।उक्त कागज उद्योगको दैनिक उत्पादन क्षमता ७० टन छ ।
डेढ अर्ब लगानी रहने सिमेन्ट फाइबर बोर्डको उत्पादन क्षमता भने दैनिक ७० हजारदेखि १ लाख वर्गफिट रहेको बताइएको छ । रौतहटमा निर्माणाधीन सिमेन्ट फाइबर बोर्ड उद्योग भने चार बिघा क्षेत्रफलमा फैलिएको छ । तीन बिघामा उद्योग र एक बिघामा कच्चा पदार्थ रहने छ ।
यसअघि आइएमई सेवा क्षेत्रमा मात्र केन्द्रित थियो ।यसअघि बैंक वित्त, फिनटेक, पर्यटन, हाइड्रो, अटोमोबाइललगायत सेवा क्षेत्रमा सक्रिया आइएमई ग्रूप अर्को क्षेत्रमा प्रवेश गरेको हो ।
यो क्षेत्रको नेतृत्व पनि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नै गर्नेछन् ।