ब्यालेन्स र डाटा बिना नै चल्ने भयो ‘खल्ती एप’
Last updated at 06:16 pm
डिजिटल वालेट ‘खल्ती’ ले एनसेलसँग सहकार्य गने क्रममा आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने छन् ।
निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन् । यसका साथै पहुँच भएका प्रयोगकर्ताहरूलाई पनि इमर्जेन्सी परेको बखत यो सुविधा धेरै नै उपयोगी ठहरिन सक्ने कम्पनीको भनाइ छ ।
यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पेदेखि लिएर मुभी, इभेन्ट, खल्ती क्विज जस्ता इनोभेटिफ सेवासम्मको सुविधा प्रयोग गर्ने पाउनेछन्।
यसका साथै एनसेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन २५ र चैत ३०) मजेदार उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ। उक्त दिनहरूमा खल्तीबाट एन्सेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस (सबैजना १००प्रतिशत पक्का), एयर बड (२ जनालाई), एक जोडा फिल्म टिकट (२० जनालाई) र ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भीआईपी टिकट(९२ जनालाई) जित्ने मौका रहेको छ ।
खल्तीका युजर हेड रौनक मुखियाले भने, “एनसेलसँगको यस सहकार्यले खल्तीको हरेक नेपाली माझ, नेपालको हरेक कुना काप्चामा डिजिटल पहुँच पुर्याउने डिजिटल समावेशीको नारालाई एक नयाँ डाइमेन्सन दिनेमा हामी सबै विश्वस्त छौं। यस सुविधाका बारेमा हरेकलाई जानकारी दिन र यस सुविधाको अधिकतम लाभ उठाउन हामी सबैलाई आग्रह गर्दछौँ । अब डिजिटल भुक्तानीका लागि खल्ती सधैं रहनेछन् ।”
खल्तीमा देशभरिका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरू, १ लाख एजेन्ट, ६० हजार मर्चेन्ट व्यवसायी, ५५ बैंक तथा वित्तीय संस्था, १ हजार ५०० सहकारी र ३०० कर्मचारी आवद्ध छन् ।
सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।