साझा यातायातमा सीईओ आवश्यकता,कति चाहिन्छ योग्यता ?

साझा यातायातमा सीईओ आवश्यकता,कति चाहिन्छ योग्यता ?

Last updated at 06:13 pm

साझा यातायात सहकारीले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

रिक्त सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने साझा यातायातले बताएको छ।

आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपलब्धि हासिल गरेको हुनुपर्नेछ।

३५ वर्ष पूरा भई ६३ वर्ष ननाघेका नेपाली नागरिक उक्त पदमा आवेदन दिन योग्य हुनेछन्।आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ दिनभित्र पुल्चोकस्थित साझा यातायातको केन्द्रीय कार्यालय, पुल्चोकमा रीतपूर्वक दरखास्त दिनुपर्ने छ ।

Visited 1 times, 1 visit(s) today