बजेट २०८२/०८३ : पढ्नुहोस पूर्णपाठ
Last updated at 07:06 am
सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको आकार बढाएको छ । जसअनुसार आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।
यो चालू आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
सरकारले चालू बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो ।
बजेटमा पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको २० दशमलव ८ प्रतिशत हो ।
यसैगरी,वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९ दशमलव १ प्रतिशत हो ।आगामी वर्ष राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य थियो ।
आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने लक्ष्य छ ।