आर्थिक वर्ष २०८२/८३ को बजेटको पूर्वतयारी शुरु, बजेट लेखन समिति गठन
Last updated at 07:22 am
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन आवश्यक पूर्वतयारी शुरु गरेको छ । मन्त्रालयले उक्त आर्थिक वर्षको बजेट लेखनका लागि समिति गठन गरेको हो । समिति संयोजकमा मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन् ।
समिति सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभाग उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।
समितिलाई बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजना र कार्यक्रम प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्य मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्यादेश दिइएको छ ।
आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गते सम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्ग दर्शन पठाउने व्यवस्था छ ।