टेक्नो फ्यान्टम भी फोल्ड 2 5G फोल्डेबल फोन सार्वजनिक
Last updated at 06:58 pm
“बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले टेक्नो फ्यान्टम भी फोल्ड 2 5G नेपाली बजारमा सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड 2 ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन हुन्, जसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँछ। खोलिएको अवस्थामा ७.८५ इन्चको 2K+ AMOLED स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि ६.४२ इन्चको पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीको दाबी छ ।
मिडियाटेक डाइमेन्सिटी ९०००+५जी(Mediatek Dimensity 9000+ 5G) चिपसेटद्वारा संचालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्ने कम्पनीकाे भनाइ छ। यस फाेनमा ५० एमपी (50MP) मुख्य क्यामरा, अल्ट्रा-वाइड र टेलीफोटो लेन्स पाउन सकिनेछ। यसका साथै, चार लाख पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको कम्पनीकाे दाबी छ।
यसैगरी, याे फाेनमा ५७५० एमएएच(5750mAh) क्षमताको ब्याट्री र ७० वाट (70W) फास्ट चार्जिङ दिइएकाे छ। १५ वाट (15W) वायरलेस चार्जिङ सपोर्टले अझ बढी सुविधा थपेको कम्पनीले जनाएको छ ।
टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको बताएकाे छ। किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुने र नेपाली प्रविधि बजारमा फोल्डेबल फोनको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ।