आइएमई लाइफद्वारा नयाँ बोनसदर निर्धारण, अधिकतम ८० रुपैयाँसम्म
Last updated at 05:57 pm
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ ।
गत आव २०८०/८१ कोआर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो ।
जसअनुसार कम्पनीले बीमितलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ । कम्पनीले सावधिक,सीमित अवधि भुक्तानी,सावधिक तथा बाल सावधिक बीमालेख अन्तर्गत नौ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।
यसैगरी, कम्पनीले सामूहिक सावधिक बीमालेख अन्तर्गत नौ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७० रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत नौ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेखका बीमितहरुले १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ का लागि ४८ रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस दर कायम गरिएको छ ।
त्यसैगरी,अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस दर कायम गरिएको छ ।
त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिक बीमालेखमा भने १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६५ रुपैयाँ बोनसदर कायम गरिएको छ ।
यसैगरी, कम्पनीले वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ का लागि ४४ रुपैयाँ र २५ देखि २९ का लागि ६० रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गतका सम्पूर्ण बीमा अवधिका लागि २२ रुपैयाँ बोनस दर कायम गरेको छ ।