नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते, बुक क्लोज कहिले ?
Last updated at 04:33 pm
नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा, वीरगंजमा बिहान ९ बजेदेखि शुरु हुनेछ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशलगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी माघ १० गते बुकक्लोज गर्ने भएको छ।