जीवन विकास लघवित्तको साधारणसभा सम्पन्न, १४ % बोनस शेयर पारित
Last updated at 02:15 am
जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार केन्द्रीय कार्यालय कटहरिमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि कम्पनीले १४ प्रतिशत नै बोनस शेयर वितरण गरेको थियो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस शेयरको कर प्रयोजनसमेतका लागि हो ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ बोनस शेयर पारित भएपछि भएपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको सेवा ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा थियो । लघुवित्त कार्यक्रम विस्तार गर्दै कम्पनीले ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको छ।
हाल कम्पनीको शाखा संख्या १६० वटा छन् ।१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए ।
नेपालको दोस्रो ठूलो लघुवित्तको पहिचान बनाएको उक्त कम्पनीको कुल सम्पत्ति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ । कम्पनीले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यसका साथै कम्पनीले २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।