नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न पायो अनुमति,कस्तो छ कम्पनी ?
Last updated at 12:49 pm
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमति पाएको छ ।
सेबोनले उक्त कम्पनीलाई गत बिहीवार उक्त अनुमति दिएको हो ।यससँगै कम्पनीले अब प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछ त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा जारी गर्नेछ ।कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ ।
यो नेपाल बीमा प्राधिकरणबाट अनुमति पाउने पहिलो लघु निर्जीवन बीमा कम्पनी हो।हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रूपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी न्यूनतम ७५ करोड रूपैयाँ हुनुपर्ने व्यवस्था छ।कम्पनीको सञ्चालकमा आशिष श्रेष्ठ, सिए सिद्धान्त झुनझुनवाला, प्रविणा दाहाल लगायत छन्।
त्यस्तै मृगेन्द्रनाथ रिमाल प्रमुख कार्यकारी अधिकृत(सीईओ) छन्।कम्पनीको १० शाखा, दुई सहायक शाखा र १७ बीमा अभिकर्ता छन्।