एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न
Last updated at 01:29 pm
एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीवार, त्रिभुवन आर्मि अफिसर्स क्लब काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा सहभागी शेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गर्दै विभिन्न सुझावसमेत दिएका थिए ।
सो अवसरमा कम्पनीको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको जानकारी दिइयो ।
कम्पनीले मुलुकभर २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
Visited 1 times, 1 visit(s) today