प्रभु क्यापिटल र बिजबेल बीच साझेदारी,दुई पक्ष बीच ‘रोड टु आईपीओ’ सम्झौता
Last updated at 08:53 pm
बिजबेल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि प्रभु क्यापिटल लिमिटेडसँग रोड टु आईपीओ सम्झौता गरेको छ ।
यससम्बन्धी कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको छ । उक्त सम्झौतामा हाईड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामा र प्रभु क्यापिटलका प्रमुख लगानी अफिसर दुर्गा नन्द झाको उपस्थितिमा प्रभु क्पापिटलका म्यानेजिङ डाइरेक्टर आशिष गौचन र बिजबेलका संस्थापक सुशिल पोखरेलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताबमोजिम प्रभु क्यापिटलले बिजबेललाई आईपीओ निष्कासन गर्नुपूर्व र गरिसकेपछि परमार्श सेवा दिनेछ ।सम्झौतामा पूँजी संरचना, मूल्य योजना,प्रि–आईपीओ इक्विटी रेजिङ,बजारीकरण,आईपीओको तयारी र निष्कासन व्यवस्थापन सेवा दिने उल्लेख छ ।
बिजबेल सन् २०१४ मा स्थापना भएको कम्पनी हो । यो कम्पनी हरित र नविकरणीय ऊर्जामा केन्द्रित रहेर काम गरिरहेको छ । कम्पनीको पोर्टफोलियोमा १ हजार मेगावाटको नविकरणीय ऊर्जा परियोजना रहेको छ ।