नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा ११ गुणा बढी आवेदन, आज अन्तिम दिन
Last updated at 12:48 pm
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ ।
आज बैंकिङ समयपश्चात आईपीओ आवेदन बन्द हुनेछ । सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार हालसम्म कम्पनीको आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन भएकोमा अहिलेसम्म २ करोड ४ लाख १ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिन्छ । इक्रा नेपालले यस कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनी आफ्नो दायित्व वहन गर्न मध्यमस्तरमा सुरक्षित रहेको जनाउँछ ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल छ ।
गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ भने प्रतिशेयर आम्दानी ५६ पैसा छ । ३० लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।