७ महिनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन २४ अर्बभन्दा बढी, कसको कति ?
Last updated at 06:18 pm
निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८१/०८२ को माघ महिनासम्ममा कुल २४ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले सो अवधिसम्ममा कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनसार ती कम्पनीहरुले सो अवधिसम्ममा १६ लाख २१ हजार ६७९ वटा बीमा पोलिसी बिक्री गरेर उक्त रकम संकलन गरेका हुन् ।
उक्त अवधिसम्ममा ती कम्पनीहरु मध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिसम्ममा उक्त कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको देखिन्छ । त्यस्तै दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । उक्त कम्पनीले भने सो अवधिसम्ममा २ अर्ब ९३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इनस्योरेन्स छ ।उक्त कम्पनीले भने २ अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उता नेको इन्स्योरेन्सले भने १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । उता हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीले भने ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।